पीपीएलको फाइनलमा आज चितनवन र पोखराबीच खेल हुदैँ , सौराहा अनलाईनले प्रत्यक्ष प्रशारण गर्ने

पोखरा, २० कात्तिक। पोखरा प्रिमियर लिग ९पीपीएल० टी–२० क्रिकेटको उपाधिका लागि आज (मंगलबार) चितवन राइनोजले घरेलु टिम पोखरा पल्टनसँग खेल्दैछ । पीपीएलको फाइनल खेल मंगलबार पोखरा रंगशालामा हुनेछ ।

खेलको विजेताले घरेलु क्रिकेटको इतिहासमा सर्वाधिक २७ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

लिग चरणमा पाँचमध्ये तीन खेल जितेको पोखराले तालिकाको शीर्ष स्थानमा रहँदै सीधै फाइनलमा ठाउँ बनाएको हो ।

चितवनले लिग चरणमा तीन खेल जितेपनि रनरेटमा पछि परेपछि फाइनल प्रवेशका लागि प्लेअफमा काठमाडौंलाई हराएको थियो ।

यसअघि, धनगढी प्रिमियर लिग (डीपीएल)र एभरेस्ट प्रिमियर लिग )इपीएल)को फाइनलमा भिडिसकेका पारस र शरदको टोली पीपीएलमा पनि सुरुआती संस्करणकै उपाधिका लागि भिड्न लागेका हुन् ।