राइनो गोल्डकपमा नेपाल पुलिस क्लव विजयी,सकटा १–० ले पराजित

नवलपुर ,१९ कार्तिक । नवलपुरको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा जारी राइनो सरक्षण गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आज नेपाल पुलिस क्लव विजयी भएको छ । राईनो गोल्कप फुटबल को डिफेन्डिङ च्यामपियन सि एम जि सकटा लाई १–० ले पराजित गरेको हो ।

पहिलो हाफ को १३ मिनटमा नेपाल पुलिस क्लवका जर्सि न ८ का खेलाडी अविसेक रिजालले गरेको गोल नै आजको खेलको निर्णायक गोल बन्न पुग्यो । पहिलो खेलमा १–० ले पछि परेको सङ्कटाले दोश्रो हाफमा आक्रमक देखिए पनि गोल गर्न सकेन । खेलको दुबै हाफमा दुबै टिमले गोल गर्ने अवसर प्राप्त गरेपनि दुबै टिमले गोल गर्न सकेन खेलको म्यान अफ दि म्याच निर्णायक गोल कर्ता नेपाल पुलिस क्लव जर्सि न ८ का अभिषेक रिजाल भए ।

प्रतियोगिता अन्तरगत मगलबारको खेल आयोजक नवलपरासि र विरगन्ज युथ एकेडेमी बीच हुनेछ । आयोजक नवलपरासिले उद्धाटन खेलमा रुपन्देही ११ लाई र विरगन्ज युथ एकेडेमी ले कास्की ११ लाई हराएको थियो ।

प्रतियोगितामा विभागीय टिम एपिएफ, नेपाल पुलिस क्लब र ए डिभिजनका ६ टिमसहित १२ टिमको सहभागिता रहेको आयोजक नन्द–भाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमन बहादुर भण्डारीले जानकारी दिए यस्तै २६ गते एपीएफ क्लब र मनाङ–मर्स्याङ्दी क्लवबीच हुने प्रचार–प्रसार सयोजक बिष्णु अधिकारीले जानकारी दिए । प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ५ सय ५५ र उपविजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । सेमीफाईनलमा पुग्ने २ टिमलाई म्याच मनी १ लाख रुपैयाँ दिईने आयोजकले जनाएको छ ।