डोल्पामा जीप दुर्घटना : १० को मृत्यु, दुई घाईते (फोटो फिचर)

डोल्पा, १९ कात्तिक । ठूलो भेरी नदीमा जीप खस्दा जनाको मृत्यु भएको छ । डोल्पाको सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको भे१च १६१० नं को जीप ठूलीभेरी नगरपालिका–९ बतासेओढारबाट ठूलीभेरी नदीमा खस्दा १० जनाको मृत्यु भएका हुन् । दुर्घटनामा परि अन्य दुई जना घाइते भएका छन् ।

जीपमा १२ जना सवार थिए । ती यात्रुको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो । मृतकको सनाखत हुन सकेको छैन । शव नदीबाट निकालेर परीक्षणका लागि जिल्ला अस्पताल दुनै लगिएको छ । दुई जनाको भने नदीबाट जीवितै उद्धार गरिएको प्रजिअ थापाले बताउनुभयो ।