दोबाटोमा सास्कृतिक साँझ

चितवन कार्तिक १९ । पूर्वी चितवनको रत्ननगर नगरपालिका १६ दोबाटोमा तिहारको अवसर पारेर लक्ष्मीपुजा तथा सास्कृतिक साँझ तथा विविध खेलकुद प्रतियोगिता गरिने भएको छ ।
पिठुवा दोबाटो वजार व्यवस्थापन समिति र जनजागरण युवा क्लवको आयोजनामा लक्ष्मीपुजाका दिन कार्तिक २१ गते सास्कृतिक साँझ गर्न लागिएको हो । दोबाटोमा विगत २० वर्षदेखी यो कार्यक्रम गरिदै आएको छ ।
नेपाली सस्कृतिको संरक्षण तथा विभिन्न सामाजिक कार्यका लागि कार्यक्रम गर्न लागिएको वजार व्यवस्थापना समितिका अध्यक्ष लालवहादुर लामाले वताए । सो अवसरमा घैटो फुटाई, वेलुन फुटाई, म्युजिकल चियर, चम्चा रेस लगायतका प्रतियोगिता हुनेछ ।
सास्कृतिक साँझमा राष्ट्रिय लोक दोहोरी गायक राजु परियार, आधुनिक गायक शिव परियार, चीजा तामाङ, प्रकास गुरुङ लगायत स्थानीय कलाकारको प्रस्तुती रहने कार्यक्रम संयोजक चीनवहादुर लामाले जानकारी दिए ।