जिप दुर्घटना हुँदा १० जनाको मृत्यु

डोल्पा, १९ कात्तिक । डोल्पामा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । ठूलीभेरी नगरपालिका-९ बतासेस्थित ठूलीभेरी नदीमा जिप खसेकाे हाे । दुर्घटनामा परी दुई जना सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । घाइतेको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको छ । जुम्लातर्फ यात्रु बोकेर जाँदै गरेको भे १ च १६१० नम्बरको जिपमा यात्रुको संख्या कति थियो भन्ने एकिन हुन नसकेको डोल्पा प्रहरीले जनाएको छ ।