एनआईसी एशिया बैँकको चमत्कारिक बचत खाता

 

चितवन, कात्तिक १९ । एनआईसी एशिया बैँकले चमत्कारिक बचत खाता सञ्चालनमा ल्याएको छ । दुई चमत्कारिक सवारी कर्जा तथा चमत्कारिक घरजग्गा कर्जाको लोकप्रियतासँगै तिहारको अवसरमा सुन तथा चाँदीको उपहारसहित चमत्कारिक बचत खाता सञ्चालनमा ल्याएको बैँकले जनाएको छ ।
यस खातामा न्यूनतम् मौज्दात एक हजार रुपैयाँमा वार्षिक ७ % वार्षिक ब्याजदर दिइने बैँकले जनाएको छ । बचत खाता खोलेपछि ग्राहकको आफ्नो खातामा न्यूनतम वार्षिक औसत मौज्दात एक लाख रुपैयाँमा भएमा १० ग्रामचाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नेछन् ।
त्यसैगरी यस खाता खोले पछि ग्राहकले खातामा न्यूनतम् वार्षिक औसत मौज्दात दुई लाख भएमा २५ ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नेछन् । यस खाता खोलेपछि ग्राहकको आफ्नो खातामा न्यूनतम वार्षिक औसत मौज्दात १५ लाख रुपैयाँ भएमा २.५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहार स्वरुपपाउन सक्नेछन् ।
यस बचत खाताखोले पछि ग्राहकले आफ्नो खातामा न्यूनतम वार्षिक औसत मौज्दात ३० लाख भएमा ५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्ने बैँकले जनाएको छ ।