सिसै गाउँबाट ३ लाख नगदसहित १६ जुवाडे पक्राउ (नामावलीसहित)

 

चितवन कार्तिक १९ । चितवनको रत्ननगर नगरपालिका ९ सिसै गाउँबाट करिव ३ लाख रुपैयाँ नगदसहित १६ जना जुवाडे आईतवारराती पक्राउ परेका छन् । सोही जुवाको खालबाट १ लाखको चेक समेत वरामद भएको छ। जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय टाँडीको सयुक्त टोलीले जुवाडे पक्राउ गरेको हो ।
विषेश सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक दयानिधी ज्ञवालीले जानकारी दिए ।  रत्ननगर ९ का शुकराम दराईको घरमा च्यानलगेट लगाएर जुवा खेल्दै गर्दा विद्युत प्राधिकरणबाट लगिएको भर्याङबाट चढी उनीहरुलाई पक्राउ गरिएको थियो ।


जिल्ला प्रहरी कार्यालय चितवनले चाडवार्डमा हुने जुवातास नियन्त्रणका लागि विषेश टोलीनै गठन गरेको छ ।  पछिल्लो एक हप्तामा जिल्लाका विभिन्न ५ स्थानबाट जुवा खेल्नेलाई पक्राउ गरिए मुद्या चलाईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक शुसिलसिंह राठौरले जानकारी दिए । उनीहरुलाई जुवा ऐन अन्र्तगत मुद्दा चलाईएको छ ।