नवलपरासीमा ट्रक र बस ठोक्किदाँ एघार जना घाइते,दुईको अवस्था चिन्ताजनक

दयाराम आचार्य
कावासोती,१९ कात्तिक । पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको गैडाकोट नगरपालिका नौ थुम्सिमा आज विहान पाँच बजेको समयमा रोकिराखेको ट्रकमा बस ठोक्किदाँ एघार जना घाइते भएका छन् । घाइते मध्य दुई जनाको अवस्था चिन्ताजनक रहेको छ ।
नारायणगढ बाट भैरहवाका लागि छुटेको लु २ ख ३७९ नम्बरको रोकिराखेको ट्रकमा काठमाण्डौ बाट भैरहवाका लागि छुटेको लु १ ख ८११३ नम्बरको बस ठोक्किदाँ बसमा सवार एघार जना घाइते भएका हुन । घाइते मध्य नवलपरासी सुस्ता गाउ“पालिका बस्ने ४० वर्षीय राम किसन चमार र बर्दघाट नगरपालिका तीन बस्ने ३२ वर्षीय दिलिप चौधरीको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरिक्षक रमेश थापाले बताउनुभयो ।

घाइतेहरु तीन जनाको नया“ मेडिकल कलेज,सात जनाको पुरानो मेडिकल कलेज र एक जनाको एलाईभ अस्पताल भरतपुरमा उपचार भईरहेको प्रहरी उपरिक्षक थापाले बताउनुभयो