सपना भिलेज सोसल इम्प्याक्टद्धारा महिलालाई नेचर गाइड तालिम

चितवन १८ कार्तिक । सपना भिलेन सोसल इम्प्याक्ट र मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको सयुक्त आयोजनामा पर्यटकीय नगरी सौराहामा महिलाहरुका लागि तीन महिने नेचरगाइड तालिम आइतवार देखि सुरु भएको छ । मृगकुञ्ज अन्तर्गतको सामुदायिक सीप केन्द्रसंगको सहकार्यमा आयोजना गरिएको तालिमममा २० जना महिलाहरुको सहभागिता रहेको छ । तालिमको रत्ननगर नगरपालिकाका मेयर नारायण वन एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरे । सो अबसरमा उनले नेचरगाइड तालिम महिलाहरुका लागि स्वरोजगार हुने ठुलो अबसर भएको बताए । कार्यक्रममा इम्प्याक्टका अध्यक्ष ध्रुब गिरीले तीन महिना तालिम लिएका महिलाहरुलाई तालिमको समापनसंगै पोसाक,वाइनोकुलर र वर्डबुक प्रदान तथा तालिम लिएका सबै जनालाई रोजगारीको अबसर सृजना गरिने बताए । कार्यक्रममा मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगानाले पर्यटन क्षेत्रमा महिलाहरुको सहभागिताले यस क्षेत्रको सुन्दरता बढने बताए । कार्यक्रममा सीप केन्द्रका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले सीप केन्द्रले मध्यवर्ती र यस क्षेत्रका महिलाहरुलाई स्वरोजगार बनाउन सीपमुलक तालिमप्रदान गर्दै आएको बताए । प्रशिक्षार्थीहरुलाई अंग्रेजी भाषा,पर्यटनसंग घुलमिल हुने तरिका,नेचर गाइडले पालन गर्नुपर्ने नियम,सुरक्षा,अपनाउनु पर्ने सर्तकता लगायतको विषयमा प्रशिक्षण दिइने इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए । कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष वलराम दाहाल,वडा नं ७ का वडाध्यक्ष राजन भट्ट,राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल,चितवन निकुञ्ज पूर्वी सेक्टर प्रमुख स्मृति लामा,मृगकुञ्जका सचिव राममणि खनाल,वर्ड एजुकेशन सोसाइटी चितवनकी अध्यक्ष सरस्वती सेढाइ,रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम मृगकुञ्जका अध्यक्ष ढुंगानाको अध्यक्षतामा भएको थियो ।