गुण्डा नाइके समिरमानकी श्रीमती माया पक्राउ

काठमाडौं,१८ कात्तिक । । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचन हत्या काण्डका मुख्य योजनाकार गुन्डा नाइके समिरमानसिंह बस्नेतकी श्रीमती माया शेरचन पक्राउ परेकी छन् ।

समिरमानले प्रयोग गरेका गौचन हत्याका सुटर अम्बरबहादुर रानाले अदालतमा बयानका क्रममा माया शेरचनले हतियार र पैसा उपलब्ध गराएको बताएपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिई मायालाई पक्राउ गरेको हो । गौचनसहित गुण्डा नाइके दावा लामामाथि आक्रमण हुँदा प्रयोग भएको पेस्तोल पनि मायाँले नै उपलब्ध गराएको बयान राना, रोशन बुढाथोकी र लोप्साङ तामाङले दिएका छन् ।

महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले अदालतको आदेश अनुसार मायालाई उनकै निवास बाफलबाट पक्राउ गरी अनुसन्धान भइरहेको बताए ।