सरकारले हचुवाको भरमा सय पर्यटकीय गन्तव्य घोषणा गरेपछि…

काठमाडौँ, १८ कात्तिक । पर्याप्त अध्ययन र समन्वयबिनै सरकारले उत्कृष्ट सय पर्यटकीय गन्तव्य घोषणा गरेको पाइएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषणा गरेका पर्यटकीय गन्तव्यमा कर्णालीका महत्वपूर्ण पुरातात्विक, धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदा परेका छैनन् ।

मन्त्रालयले सामान्य पर्यटकीय गन्तव्यलाई उत्कृष्ट एक सयको सूचीमा राखेको छ । पर्नैपर्ने गन्तव्यलाई छुटाइएको सरोकारवालाले जनाएका छन् ।

सूचीमा समावेश भएको रुकुम पश्चिमको गोतामकोट(चित्रिपाटन साहसिक मार्ग, सुर्खेतको गिद्देडाँडा, पर्यटकीय क्षेत्र र मदन आश्रित पार्कबारे स्थानीय बासिन्दालाई समेत जानकारी छैन ।

पर्यटकको आकर्षणको केन्द्र रहेका सुर्खेतको बुलबुले र बराहताल सूचीमा अटाएका छैनन् । आजको कान्तिपुरमा खबर छ ।