रमाईलो तिहार मेला सुरु, सांगितक मज्जासहित सुलभ मल्यमा तिहारका सामाग्री किन्न पाईने (फोटोफिचर)

 

चितवन १७ कार्तिक । चितवनको मुख्य बजार क्षेत्र नारायणगढमा आजदेखि रमाईलो तिहार मेला २०७५ सुरु भएको छ ।

आम उपभोक्ताहरुलाई तिहार सम्बन्धी अत्यावश्यक विभिन्न सामाग्रीहरु सस्तो, सरल रुपमा उपलब्ध गराउने उद्देश्यले सहिदचोकमा रहेको गणेश बजार व्यवस्थापन समितिले ५ दिने मेला आयोजना गरेको समितिका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिए ।

हामीले नाफा कमाउन मेला गरेका होईन् उनले भने, बजार भन्दा मेलामा सस्तोसगौ निशुल्क प्रवेश समेत व्यवस्था गरि विविध सास्कृति कार्यक्रमको मज्जा समेत आम उपभोक्ता लिने व्यवस्था गरेका छौँ ।
मेलाको एक भव्य समारोहका विच प्रदेश सासंद विजय सुवेदीले उद्धघाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले चाडवाडका वेला आम उपभोक्तालाई लक्षित गरि सञ्चालित मेलालाई साच्चीकै सस्तो रुपमा सेवा दिए मात्रै यसको महत्व बढ्ने बताए ।
मेलामा मनोरञ्जनका साथमा आफुलाई आवश्यक घरायसी सामानहरु, फेन्सी सामान, जुस मिठाई, फलफुल र दैनिक आवश्यकीय सामानहरु विशेष सहुलियतमा किन्न पाईने समेत व्यवस्था गरिएको छ ।

यदि मात्र होेईन् मेलामा आज कार्तिक १७ गते देखि २१ गतेसम्म चल्ने रमाईलो तिहार मेला श्री गणेशचित्र मन्दिर मन्दिर परिसरमा भईरहेका छ । भने मेलामा निशुल्क रुपमा नेपालका ख्याति प्राप्त लोककलाकारहरु पशुपति शर्मा, मिलन लामा, जुना डिसि, अस्मिता डिसि ,पुनम श्रेष्ठ, ढाकाराम पौडेल, अनिल सुनार, सिता कंडेल, जिवि सुनार साथमा जादुगर बलराम सरकार लगायत अन्य कलाकारको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

मेलामा प्रवेश निशुल्क गरिएको छ भने विभिन्न गिफ्ट ह्याम्परको समेत व्यवस्था गरिएको छ । मेलाको पहिलो दिन गायक पशुपति शर्माको प्रस्तुतीमा दर्शकहरु रमाएका थिए ।