कुरिनटारको सरसफाइमा शसस्त्र प्रहरी बलको साथ

इच्छाकामना,१७ कात्तिक । कुरिनटारमा आज सरसफाई गरिएको छ । स्थानिय, जनप्रतिनिधि र शसस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारको सहभागितमा इच्छाकामना गाउँपालिका वडा न ४ स्थित कुरिनटारमा सरसफाई कार्यक्रम गरिएको हो । टोल विकास संस्था कुरिनटारकोको आयोजनामा गाउँपालिकाको कार्यालय देखि शसस्त्र प्रहरी बल विपद् तालिम केन्द्र विद्यालय,इच्छाकाना मन्दिर खाने पानी ट्याङकी देखि चोक सम्म सरसफाइ गरिएको होे ।


शसस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारले हरेक क्लब संघसस्था समूहले आयोजना गर्ने सरसफाई कार्यक्रमहरुमा सहभागिता जनाउँदै आएका छन् ।
साथै सडक वत्ती मर्मत तथा ढल सफा गर्ने काम पनि सम्पन्न गरिएको आयोजक कुरिनटार टोल विकास संस्थाका अध्यक्ष रुद्र उप्रेतीले जानकारी दिनुभयो । उहाँले सरसफाई ई कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।