शिखर बचत १२ औँ वार्षिक साधारण सभा, सहकारी मन्त्री भन्छन् : सामान्य जनताले सहकारीसंग सहकार्य उठ्ने वातावरण बनाऔँ

 

राजेश रुम्बा तामाङ्ग
चितवन, १७ कात्तिक । पूर्वी चितवन राप्ती नगरपालिका ५ नं वडामा रहेको शिखर बचत तथा सहकारी संस्थाले एक कार्यक्रम गरि आफ्नो १२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेका छन् ।
३ नं प्रदेशका भुमि सुधार व्यवस्थापन तथा कृषि सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख अथित्यता र राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल र उपप्रमुख इमान सिंह लामाको बिशेष अथित्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अथिति लामाले सहकारी वास्तवमै गाउँ वस्तीका खेती किसान गर्ने जनताको हितमा हुनु पर्ने र सामान्य जनताले सहकारीसंग सहकार्य गरेर आफु माथि उठ्ने वातारण बनाउन पदाधिकारी सदस्यहरुलाई सुझाव समेत दिएका थिए ।


त्यसै गरि संस्थाले लगानी गर्ने नाममा गरिबी जनतालाई झनै गरिब हुनु बाट जोगाउन लगानी गर्नु अगाबै ऋणीको अवस्था बुझ्न र केका लागि लागनी गर्ने ? र लगानी गरे पश्चात ऋणीले मुनाफा कति कमौना सकिन्छ ? भन्ने कुरा पनि ख्याल गर्न सुझाव दिए ।
आफुले भुमि र कृषि तथा सहकारी मन्त्रालय समाले पछि छुट्टै ढंगले जनता मुखी व्यवस्था ल्याउन लागेकोले नीतिगत रुपमा आए आफुले पनि सकेको सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेक थिए ।
त्यसै गरि संस्थाले १२ औँ वर्ष पार गर्न सकेकोमा बधाई दिंदै नगर प्रमुख प्रभा बराल र उप प्रमुख इमान सिंह लामाले विभिन्न क्षेत्र बाट परेको बजेटलाई सहि रुपमा सदुपयोग गर्नका निम्ति अनुरोध गर्नु भएको थियो ।
हामी सिंगो नगरपालिका तपाइँ जनताको साथमा छौं,र आवस्यकता परेको खण्डमा हामीले सकेको साथ् दिने कुरामा ढुक्क हुन समेत भने ।
सोहि मौका पारि संस्थाले गत सालको एसइर्इ परिक्षामा नगरपालिका भरिबाट सर्वोत्कृष्ट आंक ल्याउन सफल छत्र छात्रालाई नगत सहित र संस्थाका असली ऋणी लगाएतलार्इ सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाको आब २०७४/७५ को वार्षिक प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष गोमन सिंह रुम्बा तामाङ्गले प्रस्तुत गरेका थिए भने आब ७४/७५ को आर्थिक प्रतिवेदन कोषाध्यक्ष जित बहादुर स्यांग्तन र संस्थाको आगामी र्षको लागि प्रस्थावित कार्यक्रम संस्थाको सचिव निशा थिङ्गले प्रस्तुत गरेकी थिए ।
कार्यक्रममा राप्ती नगरपालिकाका सहकारी समन्वयन समितिका अध्यक्ष ,भण्डारा मावि ब्यबस्थापन समितिका अध्यक्ष ,शिखर हरियाली वन उपभोक्ता समितिका अध्यक्ष शितारम वल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष गोमन सिंह रुम्बाले गरेका थिए भने स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष गणेश लामाले राखेका थिए ।