चितुवाको आक्रमणवाट बालकको मुत्यु

मुक्तिनाथ भुसाल,
अर्घाखाँची, कार्तिक १७ । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ९ ढिकुरा पेहले निवासी ४ बर्षिय बालक आर. एन. घिमिरेको आज मुत्यु भएको छ ।
स्थानिय मदन घिमिरे का छोरा आर.एन. घिमिरे घरको आगँनमा खेलिरहेको बखत सभा पाँच बजे चितुवाले आक्रमण गरेको र उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा ल्याउँदा ५ बजेर ४० मिनटमा उपचार गर्न नपाउँदै अस्पतालले मुत्तm घोषित गरेको जिल्ला प्रहरी कार्यालय सन्धिखर्कका प्रहरी निरिक्षक खिमवहादुर घर्ति मगरले जानकारी दिनु भएको छ ।
अहिलेसम्म अर्घाखाँची जिल्लामा चितुवाको आक्रमणवाट १५ वटा बालवालिकाको ज्यान गईसकेको ६ जना गम्भिर घाईते बालवालिकाहरुलाई उपचार पछि निको भएको बुझिएको छ ।
चितुवाले विगत ३ वर्षदेखी जिल्लामा आतंक फैलाउँदै आएको भएपनि चितुवा नियन्त्रण लागि हालसम्म गरिएका सबै प्रयासहरु असफल बनेका छन ।