चितवनका देव आर.एन सिङापुर अवार्डबाट थाईल्याण्डमा सम्मानित

 

थाईल्याण्ड, कार्तिक १७ । देव आर.एन चितवनका एक शैक्षिक व्यवसायी हुन् । नेपालकै मध्य भागमा रहेको चितवन, अझै भनौ चितवनको मुटु नारयणगढमा मिशन स्टार एजुकेसन कन्सल्टेन्सी सञ्चालन गरिरहेका छन् ।
नेपालमै केहि गर्नु पर्छ र बिदेशिनु हुन्न भन्ने हेतुले उनले आज भन्दा १० बर्ष अगाडि देखि आफ्नो व्यवसायको थालनी गर्दै नारायणगढ स्थित बेलचोकमा विद्यालय स्तरमा पठन पाठन गर्ने बिद्यार्थीलाई ट्युसन कलाश पढाउन थाले ।
आज भन्दा १० बर्ष अगाडि देवले सञ्चालन गरेको एजुकेशन सेन्टरमा विद्यार्थीहरु ट्युसन कलाश पढ्नको निम्ति खचाखच रुपमा आउने गर्थे ।
विस्तारै बिद्यालय लेबलको कक्षाहरु सकिदै जाँदा त्यहि सेन्टरमा ट्युसन पढ्ने गरेका बिद्यार्थीहरुलाई बैदेशिक पठन पाठनको मोहले तान्दै जान थाल्यो ।
उसो त देवको मानषिकतामा पनि आँफ्नो ट्युशन सेन्टरलाई बिस्तार गर्ने सोच पनि बिस्तारै पलाउन थाल्यो । देव आँफु जस्तो सुकै बिसम परिस्थिति आए पनि विदेश नजाने संंकलप गरेका थिए ।

देवले विद्यार्थीको मोह देखे पछि विस्तारै आफ्नो शैक्षिक केन्द्रलाई विस्तार गर्दै विद्यार्थीको चाहाना अनुरुप बिद्यार्थीलाई जापान अष्ट्रेलिया लगाएत युरोपियन मुलुकमा पठाउन थाले ।
जसरी उनले विद्यार्थीलाई युरोपियन देशमा पठाउन थाले त्यसरी नै उनको कन्सलटेन्सी पनि विस्तारै ठुलो आकारमा परिणत भयो । आफ्नो कन्सल्टेन्सीलाई विस्तारै बिस्तार गर्ने क्रममा अहिले उनले मिशन स्टार एजुकेसन कन्सल्टेन्सीलाई लायन्सचोकमा ल्याएर सञ्चालन गरि रहेको छन ।
समयले बिस्तारै कोल्टो फेरदै जादा देव फिल्मी क्षेत्रमा पनि प्रबेस गर्ने ईच्छा मन मनमा जागेको थियो । मन मनमै उनलाई अब आँफु मोडल बन्छु भन्ने निकै धेरै कुरा आउन थाल्छ ।

बिस्तारै उनि फिल्मी क्षेत्रमा काम गर्ने मोडल, संगित क्षेत्रमा काम गर्ने कलाकारसँग घुल मिल हुन थाले । अब त आँफ्नो व्यवसाय समेत फराकिलो बनाएसँगै उनि मोडल बन्ने सपना बोक्दै कलाकार अमित सिंह चौधरीसँग नजिक हुन पुगे ।

विस्तारै बिस्तारै नजिक हुने क्रममा देबलाई अमितले एक थारु भाषाको गीतमा क्यामरा फेस गराउदै उनलाई मोडल क्षेत्रमा उभाए ।
अमितको मित्रतासँगै मोडलको दुनियामा आएका देवले आँफुलाई अन्य गीतमा पनि मोडलको रुपमा देखाउन थाले ।
देवले कलाकार प्रदिप ढकालसँग तिम्रो र हाम्रो बोलको गीतबाट समेत आँफ्नो अभिनयलाई देखाएका छन ।
जुन गीतका काँरणले गर्दा देबले अवार्ड समेत पाई सकेका छन । भरखरै मात्र नेशनल बक्स अफिस म्युजिक अवार्डले सिङापुरमा आयोजना गरेको अवार्ड कार्यक्रममा लोकप्रिय पब्लिक भोट जुरी मुल्यांकन दुबै लाई आधार मानी गरिएको मोफसलतर्फको सर्वोकृष्ट मोडल विधामा (तिम्रो र हाम्रो) बोल को गित मार्फत अवार्ड हात पार्न सफल भएका थिए ।
सँगै उनले नब मोडलिङ तर्फको अवार्ड जित्दा मोफसल तिरको पब्लिक च्वाईस विधामा समेत अवावर्ड हात पारेका हुन ।
राजेश समरले डिरेक्सन गरेको यो गीतमा कलाकार प्रदिप ढकालले स्वर दिएर देव आर.एन र कृष्टिना थापाले अभिनय गरेका छन ।

सानो पर्दा मार्फत आधा दर्जन भन्दा धेरै गीतमा मोडल गरि सकेका देव पछिल्लो समय ठुलो पर्दामा आउने तयारीका साथ यति बेला फिल्म क्षेत्रमा व्यस्त देखिएका छन ।
उनी पछिल्लो समय नेपाली कथानक चलचित्र नशामा अभिनयको क्रममा व्यस्त रहेका छन् ।
उनी नशा फिल्ममा मुख्य कलाकारको रुपमा रहेका छन । नेपालका युवा युवतीमा बढ्दो द्रुब्यसनीलाई कम गर्ने उद्देश्यका साथ निर्माण गरि रहेको चलचित्रको निर्मातको रुपमा मुस्कान काप्री रहेका छन ।