महायज्ञमा रकम संकलन जारी,चौथो दिन सम्म ५० लाख संकलन

चितवन १७ कार्तिक । रत्ननगर–१५ माधवपुरमा रहेको आधारभूत विद्यालय माधवपुरमा जारी महायज्ञमा रकम संकलनका काम तीब्र रुपमा भइरहेको छ । महायज्ञको चौथो दिन शनिवार सम्म ५० लाख रुपैया संकलन भएको आयोजकले जानकारी दिएको छ । महायज्ञको पहिलो दिन २० लाख ५० हजार,दोश्रो दिन ७ लाख र तेश्रो र चौथो दिन २६ लाख ५० हजार रुपैया संकलन भएको महायज्ञ मुल समारोह समितिका सदस्य विष्णु लम्सालले जानकारी दिए । महायज्ञको चौथो दिन विद्यालयका प्रध्यानाध्यापक बालकृष्ण ढकालले तीन लाखा,ओमप्रसाद लामिछाने(दीपक)ले १ लाख ५२ हजार ५००,बुद्धि प्रसाद भट्टराइले ५० हजार ६११,काजीमान भूजेलले ५१ हजार ५०,नवराज भूजेलले ५१ हजार १५० र कृष्णप्रसाद खनालले ५१ हजार ५२५ रुपैया दान गरेका छन । त्यसैगरी विद्यालयका पूर्व विद्यार्थीहरुले दुवईबाट संकलन गरेर महायज्ञमा १ लाख ७२ हजार ५०० रुपैया सहयोग गरेको छन । महायज्ञको तेश्रो दिन शुक्रवार डोल बहादुर गुरुङले २ लाख ५६ हजार केदारमान वाइवाले १ लाख ५१ हजार,बद्रि भट्ट र रामचन्द्र भट्टले १ लाख १६ हजार १११,कृष्ण प्रसाद डल्लाकोटीले ५३ हजार ६७५ रुपैया दान गरेका छन । महायज्ञ उद्घाटनकै दिन शारदा प्रसाद अधिकारीले १ लाख ५१ हजार रुपैया दान गरेको प्रचार प्रसार समितिका संयोजक विजय खनालले जानकारी दिए । विद्यालयको माध्यमिक तहको स्तर उन्नती, कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यममा र कक्षा ११ र १२ मा प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालनको लागि महायज्ञ आयोजना गरिएको विद्यालयका अध्यक्ष तथा महायज्ञ मुल समारोह समितिका संयोजक रमेशप्रसाद लामिछानेले जानकारी दिए । महायज्ञ सम्पन्न गर्न २० लाख खर्च लाग्ने र ३ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको छ । महायज्ञमा दैनिक श्रीमदभागवत कथा,एक हजार ८ शालिग्रामको विशेष पुजा आरधाना तथा धार्मिक प्रबचन भइरहेको विद्यालयका प्रधानाध्यापक ढकालले जानकारी दिए । महायज्ञमा बाचन पण्डित दिनबन्धु पोखरेलले कथाबाचन गरिरहेका छन ।