सल्यानी खुकुरीको माग अत्याधिक

सल्यान ,१७ कात्तिक । सल्यानको पहिचान बनेको सल्यानी खुकुरीको माग अत्याधिक बढेको छ ।
सल्यान छोडेर जानेहरुलाई उपहारको रुपमा दिन सल्यानी खुकुरी हरेकको रोजाई बनेको छ ।
अहिले जिल्लामा माग अनुसार खुकुरी पु¥याउन नसकिएको व्यवसायिहरुले बताएका छन् । शारदा नगरपालिका २ बिश्वकर्मा टोलका यूवा व्यवसायी कुलवहादुर विकले माग अनुसार खुकुरी बनाउन नसकिएको बताउनुभयो । सल्यानको शारदा नगरपालिका २ खलंगामा रहेको विश्वकर्मा टोलमा१० परिवार छन् । ति मध्ये ६ परिवारले पुख्र्यौली खुकुरी बनाउने पेशा अंगालीरहेका छन् । आफुहरुले विभिन्न प्रकारका खुकुरीका साथै खुँडा, चक्कु, चुलेसी लगायतका समाग्रीहरु समेत बनाउने गरेको स्थानीय विष्णु विश्वकर्मा बताउनुहुन्छ ।
यहाँ सल्यानी खुकरी, सिरुपाते, टोरा ओखोला, टोरा दुईचिरा, हवल्दार, क्षेत्री लगायत दर्जन भन्दा बढि प्रकारका खुकुरी बनाईन्छ । सशस्त्र द्धन्द्धका समयमा खुकुरी बिक्रिमा कमी आएको भएपनि शान्ति प्रक्रियासँगै सल्यानी खुकुरीको माग बढेको छ । फलामबाट खुकरी लगायतका सामाग्री बनाएर, यहाँका उद्यमीले प्रति ब्यक्ति महिनाको २० हजार बढि कमाईरहेका छन् । दिनमा दुईजना जनशक्तीले एउटा खुकुरी तयार पार्न सक्छन् । माग अनुसारको खुकुरी निर्माणको लागि एकातिर जनशक्तीको अभाव छ भने, अर्कातिर कोईला पनि नपाईने उद्यमीहरु बताउँछन् ।