अदुवा खानुको यस्ता छन् फाइदा

 

 

अदुवालाई हामी प्राय तरकारीमा मसलासंग मिसाएर प्रयोग गर्ने गर्छौं । यसले खानाको स्वाद बढाउन मद्धत गर्छ । यो स्वास्थ्यको लागी पनि निकै लाभदायक मानिन्छ । यसमा पाइने एन्टी ब्याक्टेरियल र एन्टी फंगल गुणले हाम्रो स्वास्थ्यमा देखापर्ने विभिन्न समस्याहरु निको पार्न मद्धत पुग्छ । अदुवालाई हामी त्यसै चपाएर पनि खान सक्छौं । अदुवाको महत्व बारेमा हामीलाई थाहा भयो भने हामी यसलाई समावेस गर्न कहिलै भुल्दैनौं ।

अदुवा खाँदा के फाइदा पुग्छ त ?

—अदुवा सेवनले पाचन क्रिया सक्रिय रहने र खाना सजिलै पच्ने हुन्छ ।

—अदुवाको रस पिउँदा रगत सफा हुने र छालामा चमक ल्याउँछ ।

— पिम्पल्स र इन्फेक्सनबाट अनुहारलाई जोगाउँछ ।

—अदुवा पानीको नियमित सेवनले रगमा चिनीको मात्रा नियन्त्रण गर्छ साथै अदुवा सेवनले साधारण मानिसलाई मधुमेह हुनबाट पनि जोखाउँछ ।

—मोटोपन कम हुन्छ । अदुवालाई नियमित सेवन गर्नाले शरीरको अतिरिक्त बोसो नष्ट हुन्छ ।

—अदुवामा क्यान्सरसँग लड्ने तत्व हुन्छ । जसको कारण पनि फोक्सो कलेजो, छाती, छाला र आमाशयको क्यान्सरबाट बच्न सकिन्छ ।

—हरेक दिन यसको प्रयोग गर्दा रुघाखोकी र भाइरल संक्रमणबाट जोगिन मद्दत पुग्छ ।

—यसमा पाइने फस्फोरसले दाँतलाई बलियो बनाउँछ र गिजा सम्बन्धी समस्याबाट टाढा राख्छ ।