पदमोदयलाई हिमशिखरको कम्युटर सहयोग

चितवन, १५ कात्तिक । पदमोदय युवा क्लब, भरतपुर – २२, पदमपोखरीलाई कम्प्युटर सहयोग प्राप्त भएको छ । हिमशिखर सामाजिक साँस्कृतिक समाज काठमाडौले आज कम्प्युटर सहयोग प्रदान गरेको हो। क्लब परिसरमा आयोजित एक कार्यक्रमकाबिच समाजका अध्यक्ष बिजेन्द्र अर्यालले क्लबका अध्यक्ष रामहरि सेढाँईलाई ४ थान कम्प्युटर सेट, टेबल र कुर्सी हस्तान्तरण गरेका हुन् ।

क्लबले बाल अध्ययन केन्द्र सन्चालन गर्ने क्लबको योजनालाई सफल पार्न उक्त सामाग्री हस्तान्तरण गरिएको समाजका चितवन संयोजक सन्जिब पाण्डेले जानकारी दिए । भरतपुर महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष बिष्णुराज महतोको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा क्लबले संचालन गर्न लागेको पदमोदय बाल अध्ययन केन्द्रको लागि वडा कार्यालयको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । आजै प्रमुख अतिथी महतोले कम्प्युटर कक्षको समेत उद्घाटन समेत गरे । क्लवका अध्यक्ष सेढाईले सहयोगदाता संस्थालाई आभार प्रकट गर्नुका साथै पदमोदय बाल अध्ययन केन्द्र संचालनको योजना सफल बनाउन सबैलाई अनुरोध गरे ।

गतबर्ष भरतपुर महानगरपालिकाको नगर स्तरीय योजनाबाट निर्माण प्रारम्भ गरिएको अध्ययन केन्द्र यस बर्ष निर्माण सम्पन्न गर्ने बिश्वास क्लबले लिएको छ । हिमशिखरका अध्यक्ष अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्लबको उक्त अभियान सफल बनाउन तत्काल नि ः शुल्क ईन्टरनेट सुबिधा र प्रशिक्षकको ब्यबस्था गर्ने साथै आगामी दिनमा अरु थप सहयोग गर्ने समेत बताए ।