नवलपरासीमा गैँडा मृत फेला

दयाराम आचार्य
कावासोती,१५ कात्तिक । नवलपरासीमा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ । नवलपरासीको मध्यविन्दु नगरपालिका २ ,सेहरीमा गैँडा मृत अवस्थामा फेला परेको हो ।
अन्दाजी दुई बर्षको अर्धवयस्क पोथी गैँडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत नुरेन्द्र अर्यालले बताउनुभयो । गैडाको मृत्यु के कारणले भएको भन्ने बारेमा अझै एकिन नभएको उहाँले बताउनु भयो ।
चिकित्सकको टोली गैँडा मरेको स्थानमा पुगेको र पोष्टमार्टम पछी गैँडाको मृत्युको कारण एकिन हुने सहायक संरक्षक अधिकृत अर्यालले बताउनुभयो । दुई वटा गैँडा जुधेर घाइते हुदा पोथी गैँडा मरेको हुनसक्ने उहाँले बताउनुभयो ।