राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किदै

काठमाडौं १५ कात्तिक ।कतारको भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किदै हुनुहुन्छ ।१२ गते कतार भ्रमणका लागि जानु भएका राष्ट्रपति आज दिउँसो फर्किने कार्यक्रम रहेको छ ।कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार जानु भएको थियो ।
राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा नेपाल–कतारबीच कृषि तथा पशुपंक्षी, स्वास्थ्य, सुरक्षा, प्रेस तथा सूचना र कुटनीतिक राहदानी सम्बन्धि छुट्टाछुट्टै समझदारी पत्रमा पनि हस्ताक्षर गर्नु भएको छ । नेपाली कामदारलाई फाइदा पुग्ने गरि यसअघि भएको श्रम सम्झौता कार्यान्वयनका विषयमा पनि छलफल भएको थियो ।