नयाँ शक्तिको सङ्घीय बैठक आज देखि

काठमाडौँ, १३ कात्तिक । नयाँ शक्ति पार्टीको १५औँ सङ्घीय बैठक आज देखि राजधानीमा बस्ने भएको छ ।आज र भोली दुईदिने बैठक बुद्धनगरस्थित बुद्वनगर पार्टी प्यालेसमा बस्ने प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीको अवस्थाको रिपोर्टिङ, कामहरुको समीक्षा र आगामी कार्ययोजनाको विषयमा छलफल हुनेछ । बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे गहन छलफल, पार्टीको महाधिवेशनका विषयमा तथा पार्टीले लिनुपर्ने रणनीतिका बारेमा ठोस निर्णय हुने उनले जानकारी दिए ।