ट्याक्टरमा आगलागी

राजेश रुम्बा तामाङ
चितवन ,कात्तिक १४ । पूर्वी चितवन राप्ती नगरपालिका वडा नं ७ अन्तरगत पर्ने फाइभ ग्रुपमा पराल बोकेको ट्याक्टरमा बिजुलीको तार बाट आगो लागि हुंदा पराल सहित ट्याक्टरमा समेत क्षति पुगेको छ ।
मध्याह्न २ बजे तिर भएको आगोलागीलाई निभाउन स्थानीय बासी र प्रहरीले एक घण्टा सम्म प्रयास गर्दा पनि आगो नियन्त्रणमा आउन नसके पछि र जिल्लामा रहेको एक मात्रै अग्नि नियन्त्रक (दमकल) जानकारी दिएको एक घण्टा पछि मात्रै आइपुगे पछि स्थानीयबासी सरकार बिरुद्ध रुष्ट भएका थिए ।
विद्युत प्राधिकरणको लापरवाहीका कारण बाटो वरिपरि बिजुलीको पोल ढल्किनु र बिजुलीको तार तल लर्किनु सो घटनाको मुख्य कारण भएकोले यस्तो घटना पुनः नदोहोर्‍याउन विद्युत प्राधिकरणले तत्काल काम गर्नु पर्ने स्थानीय बासिन्दाको माग रहेको छ ।
एक त जिल्लामा आवश्यक दमकल छैन, भएको पनि बेलामा आइपुग्दैन र अर्को तर्फ बिजुलीको नाङ्गो तार जताततै लत्रेको हुँदा कुन बेला के हुनि हो, भन्ने स्थानीय मिना तामाङले चिन्त पोखे ।
मध्याह्न घटेको घटनामा त खबर गरेको घण्टौं पछि दमकल आइपुग्छ राति कसैको घर जलेर खरानी भइ रहँदा पनि नआपुग्ने भो उनी थप्छिन्।