भरतपुर २७ को निशुल्क शिविरमा १ सय ५० जना जेष्ठ नागरिक लाभान्वित

बद्री अर्याल
चितवन, १३ कात्तिक । पश्चिम चितवनको पर्साढाप बजारमा जेष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । भरतपुर महानगरपालिका २७ को आयोजनामा सञ्चालित शिविरबाट १ सय ५० जना जेष्ठ नागरिकहरु लाभान्वित भएका थिए ।
ओसिस मेडिकल कलेज भरतपुरको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा कलेजले नै विभिन्न समस्या देखिएका जेष्ठ नागरिकहरुलाई निशुल्क औषधी समेत वितरण गरेको वडा २७ का वडा अध्यक्ष गोविन्द तामागंले जानकारी दिए । यसरी घरगाउँमा नै आफ्नो उपचार गरेकोमा जेष्ठ नागरिकहरु खुसी भएका थिए ।  साथै शिविर भोली पनि सञ्चालन गरिनेछ ।