लागु औषध ईन्जेक्सनसहित २ जना पक्राउ

काठमाडौं,१३ कात्तिक। पर्सामा लागु औषध ईन्जेक्सनसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे भुकण्डेबेशी –३ का २६ वर्षीय बुद्ध लामा र पाँचथर फिदिम–५ का २८ वर्षीय कुमार बुढाथोकी रहेका छन् ।
लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगन्जको टोलीले रजतजयन्ती चोक सडकमा चेकजाँच गर्ने क्रममा भारत रक्सौल तर्फबाट आउँदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट औषध ईन्जेक्सन डाईजेल्याव १०० थान, फेनारगन १०० थान र नुर्फिन १०० थान बरामद भएको प्रहरीले जनाएको छ ।