मुग्लिनबाट लागुऔषध चरेश सहित एक जना पक्राउ

मुग्लिन,१२ कात्तिक । प्रहरीले मुग्लिनबाट प्रतिबन्धित लागु औषध सहि एक जनालाई पक्राउ गरिएको छ । आज विहान ९ बजे इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिनबाट चेकजाँचको क्रममा बा २० च ३००६ नम्बरको गाडीमा लुकाईछिपाई राखेको अवस्थामा १ केजी १३४ ग्राम चरेश सहित इच्छाकामना ४ बस्ने बर्ष २१ को आकाश गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । गुरुङलाई पक्राउ गरि लागू औषध नियन्त्रण ऐन २०३३ अन्तरगत दर्ता गरि अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।