दानवीर जीवकुमारी जसले बनाईदिईन् सुविधा सम्पन्न सन्त सेवा आश्रम (भिडियो)

राजेन्द्र आचार्य
चितवन, १२ कात्तिक । समाजमा केही गर्ने मनसाय भएकी सानै उमेरदेखि उदार सोंचाईका सामाजिक कार्यमा लागी पर्नुभएकी ८४ बर्ष पुगेकी जीवकुमारी लामिछाने यतिवेला पवित्र धार्मिक तिर्थस्थल देवघाटधाममा एक उदारहणीय व्यक्ति बन्नुभएको छ ।
आफ्नो करोडौँ सम्पत्ती खर्च गरिजीवकुमारीले  महेश सन्यास आश्रममा नयाँ सन्त सेवा आश्रम निर्माण गरि  आफ्नो ८४ पुजासगैँ हस्तान्तरण गर्नुभएको हो ।

 

 

मानव जो जहाँ भएतापनि अन्त्यमा सबैको दायित्व मानव सेवा नै सही ज्ञान हो भन्ने भनाई राख्दै उहाँले रामानन्द गिरी महाराजको महेश सन्यास आश्रममा अर्को नयाँ आश्रम निर्माण गरिदिनुभएको हो ।जसले गर्दा अब देवघाटधाम आउने सन्त महन्तलाई राहत समेत हुने भएको छ ।


पवित्र धार्मिक तिर्थस्थल देवघाटमा सन्त महन्त वृद्धवृद्धाहरुको सुविधाका लागि आफ्नौ लगानीमा काठमाडौँ बुढानिलकण्ड निवासी जीव कुमारी लामिछानेले सन्त सेवा आश्रम निर्माणले सो क्षेत्रमा खुसीयाली छाएको छ ।
आफुले आफ्नो जग्गा बेचेर झण्डै १ करोड २५ लाख रुपैयाँको लागतमा सुविधा सम्पन्न आश्रम निर्माण गरि हस्तान्तरण गर्नुभएको हो । सानै उमेरमा बिहे गरि १३ बर्षकै उमेर आफ्नो पति गुमाएकी लामिछानेले आफ्नो पितृहरुको सम्झानामा ३ तले पक्की आश्रम बनाएर महेश सन्यास आश्रमलाई हस्तान्तरण गर्नुभएको हो । ।
आफुले आफ्नो सम्पत्ती खर्च गरि स्वर्गीय रामानन्द गिरी महाराजको चाहाना अनुसार महेश सन्यास आश्रममा सुविधा सम्पन्न भवनमा १२ कोठा र दुई सभाकक्षसमेत रहेको जीवकुमारीका छोरा सानुबाबु तिमिल्सीनाले बताउनुभयो ।
आमाले ठूलो रकम सामाजिक कार्यका लागि खर्च गरेकोमा आफूहरुको असहमति नरहेको उहाँका छोरा सानुबाबु तिमिल्सीनाले प्रस्ट पार्नुभयो ।
आफ्नो घरपरिवार र आफन्तबाट टाढा रहेका सन्त महन्तहरुको सुविधाका लागि भवन निर्माण गरेको जीवकुमारीले बताउनुभयो ।उहाँले पत्रि भूमि देवघाटधाममा सेवा गर्न पाउँदा आफूलाई खुसी लागेको समेत बताउनुभयो ।
सामाजिक कार्यको लागि यति ठूलो रकम खर्च गरि भवन निर्माण गुर्न भनेको यस युगमा हामीहरुको लागि उदारता तथा परोपकारिताको ज्वलन्त प्रमाण पेश भएको  आश्रमका गुरु रमाणनन्द गिरीले बताउनुभयो ।
भवनमा १२ वटा २४ जना ज्येष्ठ नागरिकलाई सुविधा सम्पन्न भवनमा आवास सुविधा पुगेको  छ ।  मानिस एक उच्चतम सामाजिक प्राणी भएको हुनाले व्यक्तिगत साथै सामाजिक कार्यमा पनि लाग्नु पर्दछ भन्ने उहाँ बलियो उदाहरण कार्यमा सबै लाग्न जरुरी छ ।
नवनिर्मित भवनका १२ वटा कोठाहरुबाट हाल २४ जना ज्येष्ठ नागरिकलाई आवास सुविधा पुगेको छ ।