प्रचण्डको घोषणा : चितवनमा अन्र्तराष्ट्रिय क्रिकेट खेल मैदान बन्छ

चितवन,११ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपाका)का अध्यक्ष पुष्पकमलच दाहाल प्रचण्डले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदान बन्ने घोषणा गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत भरतपुर महानगरपालिकामा चालु आर्थिक बर्ष २०७५/७६ मा संचालन हुने आयोजनाहरुको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भरतपुरमा सिटी हल र क्रिकेट मैदान बनाउनका लागि प्रधानमन्त्री ओली संग छलफल भएको बताए ।
“उनले भने‘ हिजो मात्र मैले प्रधानमन्त्रीसंग यस विषयमा छलफल गरेको छु । मैले यहाँको जनप्रतिनिधि राजनितिक दल लगायतको धारणा र अहिले सम्मको प्रकृयाको बारेमा प्रधानमन्त्रीजीलाई जानकारी गराए उहाँले भोली नै तपाई घोषणा गरिदिनुस् भन्नु भएको छ , त्यसैले म सिटी हल र क्रिकेट मैदान बन्छ घोषणा गर्छु । ”

 

 

 

 

उनले विकास निर्माणले तीव्रता लिएको दाबी गर्दै सिंगो देशका लागि चितवनको विकास उत्प्रेरणा हुने बताएका  । भरतपुर महानगर र चितवनलाई नमुना बनाउन प्रचुर सम्भावना रहेको भन्दै उनले विश्वले नै चासोका साथ चितवनलाई हेरेको अध्यक्ष प्रचण्डको भनाई छ ।