प्रधानमन्त्री ओली अस्वस्थ, आराम गर्न चिकित्सकको सुझाव

काठमाडौं,११ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। संक्रमण बढ्ने सम्भावना भएपछि चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएका छन्।

मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमतामा कमी आएको र रुघाखोकीका कारण छातीमा संक्रमण बढ्ने खतरा देखेपछि निवासमा नै आराम गर्न चिकित्सकले सुझाएका हुन्।

प्रधानमन्त्रीको स्वास्थ्य जाँच गर्दै आएका डा दीलिप शर्माका अनुसार चिसो बढेसँगै रुघाखोकीले प्रधानमन्त्री ओलीलाई सताएको छ।

एक–दुई दिन आराम गरेपछि प्रधानमन्त्री ओली स्वास्थ्यमा सुधार आउने डा. शर्माले बताए ।