नेकपा चितवनले आज चियापान कार्यक्रम गर्दै, अध्यक्ष प्रचण्ड पनि सहभागी हुने

चितवन ११ ,कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले आज चियापान कार्यक्रमको आयोजना गरेको छ । विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा चियापान कार्यक्रममा आयोजना गरिएको हो ।

चियापानमा पार्टीका नेता कार्यकर्ता, विभिन्न राजनीतिक दल, नागरिक समाज,सर्वसााधरणलाई निमन्त्रणा गरिएको नेकपाले जनाएको छ । कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्र ’चण्ड’,महासचिव विष्णु पौडेल,भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ,प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेल,मन्त्री दावा लामा,नेकपा नेता अमिक सेरचन,सुरेन्द्र पाण्डे, तथा सांसदहरुको सहभागिता रहने नेकपाले जनाएको छ।
भरतपुर हाकिम चोकको होटल स्टार ब्याङकेटमा दिउँसो १ बजेदेखि चियापान कार्यक्रम शुरु हुने छ ।