नेपाल पत्रकार महासंघ चितवन शाखाको साधारण सभा मंसिर १५ गते हुने

चितवन,१० कात्तिक । नेपाल पत्रकार महासंघ चितवन शाखाको साधारण सभा यहि मंसिर १५ गते हुने भएको छ । ९आज० शनिवार बसेको कार्यसमिति बैठकले साधारण सभा गर्ने मिति तय सहित विभिन्न निर्णय गरेको हो ।

पत्रकार महासंधका केन्द्रिय अध्यक्षको प्रमुख आतिथ्थततामा हुने साधारण सभामा पत्रकार महासंघ चितवनले प्रदान गर्दै आएको विभिन्न पुरस्कारहरु समेत प्रदान गरिने भएको छ ।शनिवारको बैठकले साधारण सभा सम्मन गर्नको लागि विभिन्न ६ उपसमिति समेत तय गरेको छ । उपसमिति संयोजकहरुमा जनक अर्याल , हरि पोख्रेल, शान्ता अधिकारी, तिर्थ नेपाल , प्रकाशमणी ज्ञवाली र प्रविण दत्त रहनु भएको छ । २ महिनाको अन्तरालमा बसेको बैठकले भवनको माथिल्लो तला निमार्ण गरि सभाहल बनाउने कार्यलाई तिव्रता दिने समेत निर्णय गरेको छ , यस्तै कार्यालय ब्यवस्थापनको लागि सचिव तिर्थ नेपालको संयोजकत्वमा कायौलय ब्यवस्थापन सम्वन्धी विधान निमार्ण गर्ने निर्णय बैठकले गरेको हो ।

चितवन जिल्लामा रहेको २ सय ३४ सदस्यहरुको हक हितको लागि आगामी दिनमा उपलब्धीमुलक तालिम संचालन गर्ने यस अधिको निर्णयलाई सम्वन्धी संयोजक मार्फत पुरा गर्ने प्रतिवद्धता समेत शनिवारको बैठकबाट पारित गरिएको अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिनु भएको थियो ।