प्रचारमुखी नवन्न निजी स्वास्थ्य संस्थालाई मेयर चौधरीको निर्देशन

चितवन, १० गकात्तिक । खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले निजी स्वास्थ्य संस्थालाई प्रभावकारी सेवा सुविधा प्रदान गर्न आग्रह गरेका छन् । खैरहनी पोलिक्लिनिक प्रालिको शनिवार उद्घाटन गर्दै मेयर चौधरीले निजी स्वास्थ्य संस्था प्रचारमा मात्रै केन्द्रित हुने तर सो अनुसार सेवा सुविधा प्रदान गर्नबाट चुक्ने गरेको वताए ।

विरामी तान्न निजी संस्थाहरु प्रचारमुखी भईरहेका छन् मेयर चौधरीले भने प्रचार गरेजस्तो सेवा सुविधा नपाउँदा विरामीहरु मर्कामा छन्,उनीहरुलाई प्रभावकारी सेवा दिन आग्रह गर्छु । सानातिना समस्याका लागि पनि भरतपुर जानु पर्ने वाध्यता रहेको भन्दै मेयर चौधरीले खैरहनीलाई केन्द्रविन्दु वनाएर विषेशज्ञसहितको अस्पताल आवश्यक रहेको वताए । पुष्कर कडेंल,डाक्टर उमेश वर्तौला,रणधीर शाहसहित डाक्टरहरुको टोलीले खैरहनी पोलिक्लिनिक संचालन गरेका हुन् । डाक्टर वर्तौलाका अनुसार हाल सम्म २ करोड ६५ लाख रुपैया पोलिक्लिनका लागि खर्च भईसकेको छ । यहाँबाट विषेशज्ञ सेवा भएको ओपिडी,स्तरीय प्रयोगशाला,भिडियो एक्सरे,डिजिटल एक्सरे,इर्मजेन्सी सेवा,जनरल वार्डको सुविधा छ ।

प्रालिबाट भएको खुद नाफाको २ प्रतिशत सामाजिक क्षेत्रमा खर्च गरिने प्रालिकी अध्यक्ष लक्ष्मी लम्सालले जानकारी दिईन् ।