शिक्षकहरुको मागमा गम्भिर हुन नेपाल शिक्षक महासघ चितवनको आग्रह

अनिल भट्टराई

कात्तिक,१० चितवन । शिक्षकका मागमा गम्भिर हुन प्रदेश सासंदलाई चितवनका शिक्षकले आग्रह गरेका छन् । शिक्षणलाई आकर्षक पेशा बनाईनुपर्नेमा पनि उनीहरुले जोड दिएका हुन् । नेपालीहरु महान पर्वको अवसरमा जिल्ला समन्वय समितिको सभाहलमा नेपाल शिक्षक महासघं चितवनले गरेको अन्र्तक्रियामा शिक्षकहरुले यस्तो माग गरेका छन् । एकाध शिक्षकका कारण सिगों शिक्षण पेशा नै चौतर्फी घेराबन्दीमा परेको शिक्षकहरुले बताएका छ । चितवनबाट प्रतिनिधित्व गरेका प्रदेश सासंद उपस्थित कार्यक्रममा उनीहरुले शिक्षकका समस्या हल गर्न आग्रह गरेका थिए ।

प्रदेश नम्वर ३ शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल अविनासले शिक्षकका समस्या सम्वोधन गर्न आफु तयार रहेको बताउनुभयो । उहाँले प्रदेश सभा मार्फत आफुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । प्रदेश सासदं रामलाल महतो, कञ्चन खनाल, मिलनबाबु श्रेष्ठ, जिल्ला समन्वय समिति चितवनका सभापति कृष्ण कुमार डल्लाकोटीले शिक्षकका सवालमा राज्यले दिर्घकालिन रणनिति तय गर्नुपर्नेमा जोड दिएका थिए ।शिक्षा शास्त्र सकांयलाई शिक्षक उत्पादन गर्ने उधोग मात्र बनाउन नहुने उहाँहरुको भनाई थियो ।

सबैंधानिक शिक्षक आयोग नै बनाईनुपर्ने आवाज पनि शिक्षकहरुले उठाएका छन् । आगामी आन्दोलनको पुर्व सन्ध्यामा गरिएको कार्यक्रमले सरकार र सरोकारवालालाई गम्भिर बन्न प्रेरित गर्न सक्ने नेपाल शिक्षक महासघ राष्ट्रिय समितिका महासचिव लक्ष्मी किशोर सुवेदीले अपेक्षा लिनुभएको छ । नेपाल शिक्षक महासघं चितवनका अध्यक्ष कोमलनाथ घिमिरेले चितवनका स्थानिय तहबाट आगामी आन्दोलन गरिने जानकारी समेत गराउनुभएको थियो । कार्तिक १६ गते स्थानिय तहमा ध्यानाकर्षण गरेर तेसा्रे चरणको आन्दोलन शुभारम्भ गरिनेछ, उहाँले भन्नुभयो । नेपाल शिक्षक महासघं राष्ट्रिय समितिका सचिव धु्रव पोखरेल,अम्मर बहादुर थापा लगायत शिक्षकसगँ आंबद्ध सघं सस्थांका प्रतिनिधिहरुको आतिथ्यता थियो । सघंका सहअध्यक्ष गुरु प्रसाद पौडेलले स्वागत मन्तव्य राख्नुभएको अन्र्तरक्रियामा सघंका अध्यक्ष घिमिरेको अध्यक्षता थियो ।