पिपिएलमा आज चितवन टाइगर्स र बुटबल ब्लास्टर्स तथा धनगढी र काठमाडौं रोयल्स भिड्दै

पोखरा,१० कात्तिक । शुक्रबार देखि पोखरामा शुरु भएको पोखरा प्रिमियर लिग पिपिएल टी–२० क्रिकेट प्रतियोगितामा आज (शनिबार) चितवन टाइगर्स र बुटबल ब्लास्टर्सबीच खेल हुदैँ छ । खेल विहान ९ बजे हुनेछ ।
यसैबीच आजै हुने दोस्रो खेलमा धनगढी र काठमाडौं रोयल्स भिड्ने आयोजकले नाएको छ ।
यस अघि शुक्रबार भएको उद्घाटन खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको थियो।