सम्भोग गर्दा पलङ भाँचिएर लडेपछि पर्यो यस्तो संकट

 

तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ । एक सहरमा एक जोडिले सम्भोग गर्ने क्रममा ठूलै संकटको परेको छ । दक्षिणपूर्वी इंग्ल्यान्डको बर्कसायर सहरमा एक जोडी दम्पत्तीले सम्भोगक्रममा ठूलै संकटको सामना गर्नु परेको छ । जसका कारण उनीहरू कानुनी लडाइँ लड्नसमेत बाध्य भए ।सम्भोगक्रममा पलङ नै भाँचिएपछि उनीहरू समस्यामा परेका हुन् । खबरअनुसार पलङ भाँचिँदा उत्तानो परेकी महिला भुइँमा बजारिएकी थिइन् ।त्यसपछी उनी गम्भीर घाइते भइ मेरुदण्डमा चोट लागेको छ ।

जसका कारण ती महिलाको शरीर अहिले ‘प्यारालाइज्ड’ भएको छ । र, उनी बेडमै थलिएकी छन् । यो बताइएको छ कि, जोन नामका पुरुष उनकी क्लेयर नामकी पार्टनरसँग सम्भोग गरिरहँदा यस्तो आपत् आइलागेको हो ।चरमोत्कर्षमा रहेका बेला पलङ भाँचिएपछि दुवैजना भुइँमा पछारिएका थिए । जोनका अनुसार पलङ भाँचिएर दुवैजना भुइँमा बजारिएका उनी भने त्यत्तिबेलै उठे ।तर, क्लेयर भने उठ्न सकिनन् । उनको मेरुदण्डमा गम्भीर चोट परेको थियो । पछि उपचारपछि पनि उनको शरीरको माथिल्लो भाग नचल्ने भयो ।सम्भोगक्रममा पलङ भाँचिएर शरीर नै नचल्ने भएपछि ती महिलाले पलङ बनाउने कम्पनीविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएकी छन् । सो मुद्दामाथि अदालतमा समेत कारबाही सुरु भएको छ ।