माडी नगरपालिकामा आर्थिक घोटला : ट्क्याटर खरिद गर्न सिमित व्राण्डलाई प्रसय

चितवन, ९ कात्तिक । चितवनको माडी नगरपालिकामा आर्थिक अनियमिता गर्न समिति व्राण्डलाई प्रसय दिएको भेटिएको छ ।  ग्रामिण भेगका रुपमा परिचित माडी नगरपालिकामा ट्क्याटर खरिद प्रक्रियामा लाखौँ रकम अनियमिता गर्न सिमित व्राण्डलाई मात्र प्रयास दिएको भटिएको हो ।
नगरपालिकाले २०७५ साल असोज १० गतेको मितिमा कान्तिपुर दैनिक पत्रिकामा निकालेको कोटेशन आवह्रानमा नै स्पष्ट रुपमा एक व्राण्डलाई प्रयस दिएर आर्थिक घोटालाका लागि विज्ञापन प्रकाशित गरिएको छ ।
गत साल सोनालीका व्राण्डको दुई ट्याक्टर खरिद गर्दा पनि त्यहि नीति अबलम्ब गरि फेरि त्यहि ट्क्याटरलाई मिल्ने गरि खरिद प्रक्रिया अगाडी बढाएको एक स्थानियले गुनासो गरे ।
विकासमा अगाडी बढिरहेको माडी नगरपालिकामा गत साल किनेको ट्क्याटरमा समेत आर्थिक अनियमिता गरेका कारण हाल ति ट्क्याटरले भने अरुप काम गर्न नसक्दा विकासे काम समस्या समेत आएको छ ।
स्रोत अनुसार माडी नगरपालिकाका मेयरलाई समेत गुम्राहमा पारेर मेकानिकल ईन्जिनियर जीतेन्द्र कुमार सिहंले सो कोटेशन तयार पारेका हुन् । उनले खुल्ला प्रतिस्पर्धा नितिलाई कुचलेर नगर र मेयर दुवैलाई विवाद ल्याउदै आएका हुन् ।
भु वनोटका कारण यहाँ धेरै भौतिक पूर्वधारहरु निमार्ण गर्नु पर्ने अवस्था यस्ता खाले नीतिले विकास हुदै तत्कालै विनाश हुने निश्चित समेत जानकारहरु बताउछन् ।  सामान्य तय बजारमा रहेको ट्क्याटर ३ सिलिन्डरको रहेकोमा सिमित व्राण्डलाई प्रसय दिएर ४ सिलिन्डरलाई मात्र प्रतिस्पर्धा गर्न लगाईएको छ ।
बजारमा धेरै व्राण्ड छ, महंगो रकम खर्च गरि राष्ट्रिय पत्रिका विज्ञापन निकाल्ने अनि सिमित व्राण्डलाई प्रयस दिनु सार्वजनिक खरिद अनुसार कसरी हुन सक्छ स्रोतको प्रश्न थियो । ट्क्याटरसगैँ यस नगरपालिकामा अन्य खरिद प्रक्रिया समेत विचौलियाका कारणले सिमित व्राण्डलाई प्रयस दिदा धेरै समस्याहरु आईरहेका छन् । भने नगरपालिकाका मेयरलाई समेत यतिवेला यो विवादमा तान्ने काममा केहि कर्मचारीहरु र जनप्रतिनिधिहरु नै सक्रिय भएकोस्पष्ट रुपमा देख्न सकिन्छ ।