दोस्रो भैरवी कपको उपाधी कम्युनिष्ट गठबन्धन कुरिनटारलाई, गठबन्धनकै मुग्लिन उपविजेता

चितवन ,८ कात्तिक । गोरखाको गण्डकी गाउँपालिका भुम्लीचोक ६ मा वडा दशैको अवसरमा आयोजित दोस्रो भैरवी कपको उपाधि कम्युनिष्ट गठबनधन कुरिनटारले जितेको छ । फाइनल खेलमा आज कम्युनिष्ट गठबन्धन कुरिनटारले मुग्लिन ११ कम्युनिष्ट गठबन्धनलाई २–१ ले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो ।

कम्युनिष्ट गठबन्धन कुरिनटारको तर्फबाट रमेस बर्तौला र सविन बिडारिले १–१ गोल गरे । कम्युनिष्ट गठबन्धन मुग्लिनको तर्फबाट विकि राईले एक मात्र सान्त्वना गोल गरेका थिए । विजेता कुरिनटारले ६० हजार नगद, प्रमाण पत्र, ट्रफि र मेडल हात पार्दा उपविजेता मुग्लिन एघारले ४० हजार नगद सहित प्रमाण पत्र, ट्रफि र मेडलमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि गठबन्धन कुरिनटारका यदु सिलवालले हात पार्दा सर्वाधिक गोल कर्ता भने गठबन्धन मुग्लिनका विकि राई घोषित भए । उनले प्रतियोगितामा कुल ११ गोल गरेको थिए । त्यस्तै उत्कृष्ट गोलंरक्षकको उपाधि गठबन्धन कुरिनटारका समिर श्रेष्ठले हात पारे ।

‘हामी फुटबलमा मात्रै होइनौ भुम्लीचोकको समग्र विकासमा गर्दैछौ गोल’ भन्ने मुल नाराको साथ कात्तिक ३ गत्तेबाट सुरु प्रतियोगिता बिहिबार ९आज० सम्पन्न भएको हो । प्रतियोगितामा कुल २६ टिमको सहभागिता थियो । प्रतियोगिताको उद्घाटन सङ्घीय प्रतिनिधि सभाका क्षेत्र न १ गोरखाका सांसद हरिराज अधिकारीले गरेका थिए भने समापन गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले गरे ।

त्यसतै कार्यक्रममा विशिष्ट अतिथिको रुपमा गण्डकी गाउँपालिकाका अध्यक्ष होम बहादुर राना मगर रहेका थिए । विशेष अतिथि गण्डकी गाउँपालिका वडा न ६ का अध्यक्ष जीवन गुरुङ रहेका थिए । प्रतियोगिताको मुख्य प्रायोजक एल आर कन्स्ट्रक्सन प्रा।लि र सह–प्रयोजक महादेव भैरवी कन्स्ट्रक्सनले गरेका थिए ।