चितवन काँग्रेसले सम्झियो चक्र वास्तोलालाई

चितवन, ८ कार्तिक । मुलुकमा प्रजातन्त्र प्राप्तिका लागी नेपाली काग्रेसका नेता चक्र प्रसाद वास्तोलाको योगदानको चितवन काग्रेसले चर्चा ग¥यो । पंचायति ब्यवस्था विरुद्धको आन्दोलनमा जहाज अपहरणका डिजाईनरका रुपमा चिनिएका वास्तोलाले पार्टी र देशको लागी गरेको योगदानको कदर गरेर एक हुनुको विकल्प नभएको बताए । पूर्व केन्द्रीय सदस्य वास्तोलको निधनको १३ औं दिनको पुण्य तिथिमा बोल्दै नेताहरुले वास्तोलाले गरेको योगदानलाई कहिल्यै भूल्न नसकिने बताए ।
मुलुकको हितका लागी काँग्रेस बलियो हुनुपर्ने भन्दै ईतिहास सम्झेर पार्टी बलियो बनाउनेमा एकमत राखे । बास्तोला ईमान्दार र दुरदर्शीका नेताका रुपमा सबैले चर्चा गरे । नेपाली काग्रेस चितवनको कार्यालय कमलनगरमा पार्टीका पुराना देखी नयाँ पुस्ताका नेताले वास्तोलाको स्मरण गरे । पूर्व जिल्ला सभापतिहरु शेषनाथ अधिकारी , टिकाराम न्यौपाने र पूर्व उपसभापति देवेन्द्र सुवेदीले वास्तालासंगको संगतको अनुभव सुनाएका थिए । नेपाली काँग्रेस चितवनका सभापति जीत नारायण श्रेष्ठले अग्रजको योगदानको कदर गरेर मुलुक र जनताको साथीको रुपमा बनाउन लाग्नुपर्ने बताए ।
कार्यक्रममा जिल्ला सचिव उत्तम जोशी , सहसचिव सुर्य अर्याल लगाएतले बोलेका थिए ।