एनआई सी एशिया बैंकको नयाँ शाखा संखुवासभाको मानेञ्ज्याङ्गमा

संखुवासभा,८ कात्तिक । एनआई सी एशिया बैंकको नयाँ शाखा कार्यालय खाँदबारी नगरपालिका वडा नं. ३ स्थित माने भञ्ज्याङ्गमा स्थापना भएको छ । शाखाको नेपाल राष्ट्र बंैकका कार्यकारी निर्देशक श्री लक्ष्मीप्रपन्न निरौलाले आज भव्य समारोहकाबिच समुद्घाटन गर्नुभएको हो ।
समुद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथीश्री लक्ष्मीप्रपन्न निरौलाले सम्पुर्ण स्थानिय निकायहरुमा वाणिज्य बंैकहरुको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बंैकको अभियानमा सभ्यपुर्वक सहभागी भई स्थानिय निकायहरुमा शाखाकार्यालय खोल्ने कार्यमा अग्रणी भूमिका निर्वाह गरेकोमा एनआई सी एशिया बैंकको प्रशंसा गर्नुभयो । समुद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री सुधिरनाथ पाण्डेले उपस्थित अतिथीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६४शाखा कार्यालयहरु, २६० एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफलभएको छ । बैंकको वासलातको आकार रू. १९९ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६७ अर्ब तथाकर्जा रू. १३८ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफलभइसकेको छ । हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।

बैंकले हरेक सम्भावितबजार क्षेत्रमाआफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थपशाखाकार्यालय संचालनगर्ने योजना अगाडि सारेको छ ।