नवलपरासीका उमाकान्त पौडेल मंगलबार देखि बेपत्ता

नवलपरासी,७ कात्तिक । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–३ ब्रहमस्थानका ८७ वर्षीय उमाकान्त पौडेल मङ्गलबारदेखि बेपत्ता हुनुभएको छ । पौडेललाई नभेटिएपनि उहाँले लगाएको कपडा भने नारायणी नदी किनारमा फेला परेको छ । सो कपडा नदी किनारमा फेला परेपछि पौडेल नदीमा नुहाउने क्रममा बेपत्ता भएको हुनसक्ने अनुमान गर्दै खोजी कार्य गरिहेको कोल्हुवा इलाका प्रहरी कार्यालयले जनाएको छ । रासस