एक घन्टाको फरकमा २ पटक भूकम्पको धक्का

काठमाडौं,६ कात्तिक । मंगलबार बिहान दैलेखमा करिब १ घन्टाको फरकमा दुई वटा भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान १२ बजेर ३१ मिनेटमा ३ दशमलब ९ र १ बजेर ४० मिनेटमा ३ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का ४ म्याग्निच्युडभन्दा कम भएपनि छिमेकी जिल्लाहरुमा समेत कम्पन महशुष गरिएको थियो।

भूकम्पबाट कुनै क्षति भएरनभएको सम्बन्धमा भने कुनै जानकारी प्राप्त नभएको दैलेख प्रहरीले जनाएको छ।

यसअघि पनि दैलेखमा गत असोज १९ मा २ पटक तथा २० गते एक पटक ४ म्याग्निच्युडभन्दा माथिको भूकम्प गएको थियो।