राष्ट्रपतिको राजसी टीका

काठमाडौं,६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैंको अवसरमा टीका लगाइदिँदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सो तस्बिरमा सोफामा बसेकी राष्ट्रपति भण्डारीले आफ्नो अगाडि घुँडा टेकेर बसेका पूर्वप्रधानन्यायाधीश पराजुलीलाई टीका लगाइदिँदै गरेको देखिन्छ।

नेपालमा राजतन्त्र रहँदासम्म यस्ता घटना सामान्य नै मानिन्थे । तर राजतन्त्र नेपालको हितमा नरहेको निष्कर्षसहित त्यसलाई फालेर ल्याइएका गणतन्त्रमा समेत राष्ट्रप्रमुख ९राष्ट्रपति भण्डारी० बाट राजसी प्रवृत्ति देखाइएको भन्दै उनको आलोचना भइरहेको छ।

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्य सूर्य थापाले राष्ट्रपतिले पूर्वप्रधानन्यायाधीश पराजुलीलाई दसैंको टीका लगाइदिँदै गरेको तस्बिर आफ्नै फेसबुक वालमा राख्दै यो प्रवृत्ति संघीय लोकतान्त्रिक गणतन्त्रकनुरुप एवं गणतान्त्रिक चेतना, संस्कार र संस्कृतिमुताबिक नभएको टिप्णी गरेका छन् । उनले लेखेका छन्, ‘संयोगवशः उहाँ हुनुहुँदोरहेछ पदमुक्त पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली १ उहाँले नै महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोस्रोपटक राष्ट्रपति चयन भएपछि पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो १ १’ पूर्वप्रधानन्यायाधीश पराजुलीले नै दोस्रो कार्यकालका लागि राष्ट्रपति भण्डारीलाई पद तथा गोपनीयताको सपथ गराएका थिए। आजको नागरिक दैनिकमा खबर छ ।