नेकपाको सचिवालय बैठक : प्रवक्ता नारायणकाजी श्रेष्ठको राजिनमा अस्वीकृत

काठमाडौं,५ कात्तिक । नेतृत्वसंग असन्तुष्टि जनाउँदै प्रवक्ताबाट राजिनामा दिएका नेता नारायणकाजीलाई नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निरन्तरता दिने भएको छ ।सोमबार पार्टीको केन्द्रीय सचिवालय बैठकले अस्वीकृत गरेको हो।

गत साउनमा अनशनरत डा गोविन्द केसीलाई भेटर उनको आन्दोलनमा समर्थन जनाएको भन्दै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टिकरण लिएपछि श्रेष्ठले तत्कालै प्रवक्ता पदबाट राजिनामा दिएका थिए।