ट्रकले मोटरसाईकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु

कमल अधिकारी
पाल्पा, ४ कात्तिक । सिद्धार्थ राजमार्ग अन्र्तगत तिनाउँ गाउँपालिका ३ पानिमिल नजिकै ट्रकले मोटरसाईकललाइ ठक्कर दिदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
पाल्पा बाट बुटवल तर्फ जादै गरेको ना ७ ख ६६०८ नम्बरको ट्रकले सोहि दिसा तर्फ जादै गरेको लु २२ प ५४६९ नम्बरको मो।सा।लाई ठक्कर दिदा माटरसाईकलमा सवार रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका ५ मणिग्रामकी गीता भण्डारीको मृत्यु भएको हो । ट्रकले ठक्कर दिएपछि घाइते भएकी गीताको बुटवलको सीटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाइको छ । गीताका श्रीमान मोटरसाइकल चालक दिपक भण्डारी र उनका १४ महिनाका छोरा संयोग भण्डारीको बुटवलस्थित सीटी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । दुबै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाइको छ ।