स्याङजामा जिप दुर्घटनामा एकको मृत्यु

 

सुशील सुबेदी

स्याङजा , ०४ कात्र्तिक स्याङजाको ग्रामिण सडम अन्तर्गत गल्याङ न.पा सिरौसा बाट गल्याङ बजारतर्फ आउदै गरेको लु.१.ज ३३८० नम्बरको बलेरो जिप स्यान्थुम्का बाँसघारीमा सडक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । चाडपर्बको समयमा सबारी साधनको क्षमता भन्दा अत्याधिक यात्रु बोकेर यात्रा गरेको सबारी सडकबाट १०० मि.तल खसेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक शंकर प्रशाद आचार्यले जानकारी दिएका छन् ।

उक्त दुर्घटनामा गल्याङ ७ का ३२ बर्षीय राम प्रशाद भण्डारीको मृत्यु भएको छ भने जीप मा सवर अन्य २६ जना सख्त घाइते भएको बताईएको छ । घाईते भएका २४ जनालाई पाल्पा स्थित मेडीकल कलेजमा उपचार भैरहेको छ , भने २ जना गल्याङको स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएको थियो । जिपमा २८ जना सबार रहेको प्रहरीले जनाएको छ ।