स्याल आतंकले प्रतापपुर गाउँपालिकाका स्थानिय त्रसित

नवलपरासी, ४ कार्तिक । स्यालको आतंकले नवलपरासीको प्रतापपुर गाउं पालिकाका स्थानिय त्रसित बनेका बनेका छन् । गाउंपालिकाको वडा नं ६ गूठी परसौनीमा गएराती एकै रातमा स्यालले ५ बढिलाइ टोकेपछि स्थानीयवासी आतंकित बनेको जन्त्री केवटले बताएका छन् ।

स्यालले मध्यरातीको समयमा आआफ्ना घरमा सुतिरहेका ५ जनालाइ टोकेपछि रातीनै आतंक मच्चिएको हो । स्याल टोकाइबाट घाइते बनेका सबैजना बिहान उपचार गराउन शुरू गरेका हुन् । कोही नेपाल तथा कोही उपचारका लागि भारततर्फ लागेको बताइएको छ ।

दुर्गा पूजाका अवसरमा बनाइएको मुर्ति नजिकै सुतिरहेका टेन्टवाल पंचम गुप्तालाइ समेत स्यालले सुतिरहेको अवस्थामै टोकेको बताइएको छ । त्यस्तै मोतीपुर गाउमा समेत पसेको बौलाहा स्यालले भतिजोलाइ समेत टोकेको केवटले बताए ।

यस क्षेत्रमा प्रायः केरा तथा उखु खेती गरिएकाले किसानहरू खेततिर कामका लागि जान डर मानिरहेको अवस्थामा किसानको काम प्रभावित हुने चिन्ता व्यक्त गरिएको छ ।