बोलेरो जीप दुर्घटना : २ जनाको मृत्यु, ७ जना घाइते

रामेछाप,३ कात्तिक । दसैंको टिका लगाएर मन्थली नगरपालिका वडा नं ४ सालुको कुकुरकाटे भञ्ज्याङ्गबाट रामेछाप नगरपालिका वडा नं १ गोठगाउँतर्फ जाँदै गरेको ना १ ज ४८१२ नम्बरको बोलेरो जीप रामेछाप नगरपालिका वडा नं २ को गोगनेभिरमा शनिबार साँझ दुर्घटना हुँदा जीपमा सवार २ जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

ज्यान जानेमा रामेछाप नगरपालिका वडा नं १ बस्ने ४० वर्षीय दुर्गाबहादुर कार्की र ६० वर्षीया ललीमाया कार्की रहेका छन् । उनीहरु आमाछोरा हुन् । गाडीमा सवार अन्य ७ जनालाई घटनास्थलबाट उद्धार गरी उपचारको लागि मन्थलीतर्फ लैजान लागिएको छ । उनीहरुमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । जीपमा ९ जना यात्रु सवार थिए। घ

टनाको जानकारी पाएसँगै मन्थलीबाट प्रहरी निरीक्षक शेख अदालतको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।