रहेनन् प्राध्यापक रामकुमार तिवारी

चितवन,३ कात्तिक । प्राध्यापक रामुकमार तिवारीको असमायिक निधन भएको छ । प्राध्यापक तिवारीको शनिबार बिहान काठमाडौँस्थित मनमोहन कार्डियोथोरासिक भस्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत अवस्थामा निधन भएको हो ।

दिवंगत तिवारीको पार्थिव शरीर चितवन ल्याएपछि आइतबार बिहान साढे सात बजे अन्तिम श्रद्धाञ्जलिको लागि भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पस परिसरमा राखिने भएको छ ।

२०१८ साल कात्तिक १८ गते बर्मामा जन्मिएका तिवारी साविक नेकपा एमाले चितवनको प्रशिक्षण विभाग सचिव थिए । उनकी श्रीमती र चार छोरी छन् ।

Promise Education Consultancy