ठगिदै यात्रु, टाटासुमोले लिन्छ मनपरी भाडा, प्रशासन बेखर

हेटौँडा, ३ कात्र्तिक । हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् ।
दशै मान्नका लागि काठमाण्डौबाट टाटासुमोहरुबाट ठगिएका यात्रुहरु आजबाट घरको टिका सकेर काठमाण्डौ जाने क्रममा सुमोबाट फेरी ठगिएका छन् ।
साढे चार सय रुपैयाँ टाटा सुमो भाडा भएपनि काठमाण्डौ जानका लागि टाटासुमोहरुले एक जना यात्रु संग ८ सय रुपैयाँ देखि एक हजार रुपैयाँ सम्म लिन थालेका छन् । आज बिहानबाट काठमाण्डौ जाने क्रममा अधिकांश यात्रुहरु ठगिएका हुन् ।

हेटौंडाको चौकिटोलमा संयुक्त टाटा सुमो काउन्टर संचालन गरिएको छ । तर त्यसमा टिकट काट्नका लागि आज दिउसो कुनै सुमो कम्पनिको पनि कर्मचारी थिएनन् ।
टाटा सुमोहरुको हेटौंडामा कृतिम अभाब सृजना गरेर यात्रुहरु संग भाडा लिएको हेटौंडा ४ का श्याम सापकोटा बताउनुहुन्छ । दुबै तर्फको यात्राका क्रममा ठगिनु परेको यात्रुहरुको गुनासो छ ।
हेटौंडामा मात्र दुईदर्जन जति सुमो कम्पनिहरु संयुक्त काउन्टरबाट यसअघि टिकट काट्दै आएका थिए । तर दशैको टिकाको भोलीपल्टबाटनै यात्रुहरु ठग्नका लागि संयुक्त काउन्टरबाट टिकट काट्न बन्द गरेका हुन् ।

बाहिरबाट यात्रु बोक्दा दोब्बर भाडा लिन पाईने लोभले पनि संयुक्त काउन्टरबाट टिकट नकाटेको यात्रुहरुको गुनासो छ । सधै संयुक्त सुमो काउन्टरमा बिहान ५ बजे देखि बेलुका ८ बजे सम्म टिकट काटिन्थ्यो ।
तर सबै यात्रुहरुको जमघट भएर आपत परेको बेलामा टिक काट्टका लागि कर्मचारी समेत काउन्टरमा छैनन् ।
बढी भाडा असुल गरेको भनेर जनगुनासो आएकाले आफुले प्रहरी प्रशाशनलाई जानकारी गराएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।

चार्डपर्बको मौका छापेर यात्रु ठग्नेबिरुद्ध स्थानिय सरकार चुप लागेर नबस्ने मेयर महतको भनाई छ ।
चौकिटोलको संयुक्त काउन्टरलाई अझै ब्यबस्थित ढंगले संचालन गर्ने र त्यसमा उपमहानगरपालिकाले सहयोग गरिरहेको उहाँले बताउनुभयो ।
हेटौंडाको चौकिटोलको रोपवयको संयुक्त सुमो काउन्टरमा टिकट काट्ने कोहि थिएनन् ।
काउन्टरको ठिक अगाढीबाट सयौ यात्रुहरु ८ सय रुपैयाँ देखि एक हजार रुपैयाँ सम्म भाडा तिरेर सुमो काउन्टर बाहिरबाट गएको गएकै थियो । तर त्यही प्रहरी भेनमा बसेका प्रहरी भने यात्रुको गुनासो आएन भनेर हाई गरेर बसेका थिए ।

बढी भाडा असुल गरेको जनगुनासो आएपनि प्रहरीमा अहिले सम्म कुनैपनि खालका उजुरीहरु नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्धीराज गुरुङले बताउनुभयो ।
जनगुनासो आएमा कार्बाही गर्नका लागि तयार रहेको उहाँको भनाई छ । संयुक्त काउन्टरबाट टिकट काट्नका लागि आफुहरुले दबाब पनि दिने एसपी गुरुङको भनाई छ ।
यता मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले तोकिएको भन्दा बढी भाडा असुल गरे ठगि मुद्धा चलाउने चेतावनी दिनुभयो ।